धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नागरिक उन्मुक्तिकी सासद गिरीको कारवाही रोकिदिन कांग्रेसको आग्रह

नागरिक उन्मुक्तिकी सासद गिरीको कारवाही रोकिदिन कांग्रेसको आग्रह

धनगढी । प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन नेपाली कांग्रेसले सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बिहीबार सभामुख भण्डारीलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन आग्रह गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कृषि राज्यमन्त्री समेत रहेकी समानुपातिक सांदि गिरीलाई कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन्  ।

उहाँलाई कारवाही गर्दा राम्रो सन्देश जादैन । अहिले त्यो कुरालाई थाती राखिदिन सभामुखज्यूलाई उहाँ  (देउवा ) ले आग्रह गर्नुभएको हो’, सभामुख निकट स्रोतले भन्यो ।