धनगढी पोष्ट
बिहिबार, २२ चैत २०८० मा प्रकाशित
धनगढी । सहकारीमा ठगी गरेको आरोपमा कैलालीको गौरीगंगा नगरपालिकाको नगरपालिका–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष र क्यासियरलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले राधाकृष्ण सहकारीका पुर्व पुर्व अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशीलाई पक्राउ गरेको हो ।
पुर्व अध्यक्ष सापकोटा, व्यवस्थापक जित नारायण आचार्य, क्यासियर जोशी लगाएतको मिलोमतामा सात लाख ८० हजार अपचलन गरेको आरोप छ । आर्चायले सात लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र पाँच हजार एक ऋणीलाई व्याजमा छुट दिएर फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।