धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदुरपश्चिममा मुख्यमन्त्रीको दावी बैशाख २ सम्म  पेश गर्न  प्रदेश प्रमुखको आव्हान

सुदुरपश्चिममा मुख्यमन्त्रीको दावी बैशाख २ सम्म  पेश गर्न  प्रदेश प्रमुखको आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वा दुईलभन्दा बढी दलको समर्थनमा बहुमत पुरयाउन सक्ने दललाई मख्यमन्त्रीको दावी प्रस्तुत गर्न  आव्हान गरो छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरुको समर्थनमा बहुमत पुरयाउन सक्ने दललाई आगामी बैशाख २ गते साभ ५ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुख मियाले  आव्हान गरेका हुन् । 

मुख्यमन्त्री कमल बहादु शाहले राजीनामा दिएपटि प्रदेश प्रमुखले मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान गरेका हुन् । मुख्यमन्त्री शाहले बिहीवार साझ राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले १६८(२) बमोजिम आव्हान गर्ने कि १६८ (५) बमोजिम आव्हान गर्ने भनेर दिनभरि छलफल गरेका थिए ।