नेत्रज्योति संघको केन्द्रिय अध्यक्षमा पुनः  चेतराज पन्त निर्वाचित

नेत्रज्योति संघको  केन्द्रिय अध्यक्षमा पुनः  चेतराज पन्त निर्वाचित

काठमाडौँ । नेपाल नेत्रज्योति संघको साधारण सभाले प्रा. डा. चेतराज पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । चितवनको भरतपुरमा भएको संघको २८ औं साधारण सभा तथा अधिवेशन प्रा. डा. पन्त  दोश्रो कार्यकालका लागि निर्विरोध निवाचित भएका हुन् ।

अधिवेशनबाट केन्द्रिय सदस्यमा कैलालीका दिव्य प्रसाद पन्त सहित १५ जना निर्विरोध निर्वाचिच भएका छन् । केन्द्रिय सदस्य निर्वाचित हुनेमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर बहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ रहेका छन् ।

अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरत बहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई चयन गरेको छ ।

त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन भएका छन् भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ ।

संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापनादेखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्ययक्रिया भइसकेको छ ।