धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

रन्जिताले  हटाइन  घनश्यामलाई संसदिय दलको नेताबाट

रन्जिताले  हटाइन  घनश्यामलाई संसदिय दलको नेताबाट

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा ) की अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई  सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट हटाएकी छिन् ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामलाई संसदिय दलको नेताबाट हटाइएको बताएकी छिन् । पत्रमा संसदिय दलको नेताको जिम्मेवारी  कैलाश चौधरीलाई दिइएको उल्लेख छ ।

प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ,  दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न निर्णय भएको व्यहोरा अनुरोध गर्दछु ।’