नागरिक उन्मुक्तिद्धारा आर्थिक मामिला मन्त्री घनश्याम चौधरी तीन महिनाका लागि निलम्बित

नागरिक उन्मुक्तिद्धारा आर्थिक मामिला मन्त्री घनश्याम चौधरी तीन महिनाका लागि निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाईतीन महिनाका लागि निलम्बन गरेको छ । उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदुरपश्चिम प्रदेश सभाका  सभामुख भीम भण्डारीलाई पत्र लेख्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहेका घनश्यामलाई निलम्बन गरेको जानकारी दिएकी हुन् ।

पटक पटक बोलाइएकोमा पार्टीलाई नै निराश पार्ने गरि बैठकमा उपस्थित नभएको र निजले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई सम्वोधन गरि पठाइएको स्पष्टकीकरण  पत्र चित्त बुझ्दो नभएकोेले पत्रमा भनिएको छ  पार्टीको ३०८०।१२।३० गतको निर्णय बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउद्यछु ।

सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित घनश्यामलाई सम्बोधन हुने गरि पार्टीले केही महत्वपुर्ण निर्णयु गर्नु पर्ने  भनी पटक पटक घनयामलाई बोलाइएको पत्रमा उल्लेख छ ।

घनश्याम सुदुरपश्चिममा नेपाली कांग्रेससँगको गठबन्धन कायमै राख्नु पर्ने पक्षमा छन्  भने पार्टी अध्यक्ष रन्जिता उन्मुक्ति पार्टी संघीय सत्ता गठबन्धनमा सामेल हुनु पर्ने र सुदुरपश्चिममा कांग्रेसको सरकारबाट बाहिरिनु पर्ने पक्षमा छिन् ।