धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

उपचारका नाममा व्यापार गरिरहेका अस्पताललाई सरकारले कारवाहीको दायरामा ल्याउनु पर्छ : सांसद भट्ट

उपचारका नाममा व्यापार गरिरहेका अस्पताललाई सरकारले कारवाहीको दायरामा ल्याउनु पर्छ : सांसद भट्ट

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए ।

उनले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गरे । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दवाव दिए ।


ट्रेन्डिङ