धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिमको मुख्यमन्त्रीका दुवै दावी प्रदेश प्रमुखद्धारा अस्वीकृत

दुवै दाबी अस्वीकृत भएपछि प्रमुख मियाँले पुनः २ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार सकूचना जारी गर्दै ६ गते साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेको छ ।

सुदुरपश्चिमको मुख्यमन्त्रीका दुवै दावी प्रदेश प्रमुखद्धारा  अस्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबीलाई सुदुरपश्चिम पश्चिम प्रदेश प्रमुखले  अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख मियाँले दुवै दाबीको आधार  नपुग्ने भन्दै दुवै दुवै दावी अस्वीकृत गरेका हुन् । दुई दिन सम्मको अध्ययनपछि दावी पेश भएको तेश्रो दिन मंगलबार प्रदेश प्रमुख मियाले  दावी अस्वीकृत गरेका हुन् ।

मुख्यमन्त्रीका लागि उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले  नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा दावी पेश गरेका थिए । नागरिक उन्मुक्तिकै कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए । 

नेकपा (एकीकृत समाजवादी) ले लक्ष्मणलाई दिएको समर्थन फिर्ता लिएपछि आवश्यक २७ सिट नपुग्ने र कैलाशको दाबीमा आवश्यक बहुमत नदेखिएको भन्दै प्रस्ताव फिर्ता गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 संघीय सत्ता गठबन्धनले  सुदुरपश्चिममा  नेकपा एसलाई नै मुख्यमन्त्री दिने सहमति गरेपछि मुख्यमन्त्रीका लागि लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता  गरेको पत्र मंगलबार दिउसो नेकपा एसका संसदिय दलका नेता दिर्घसोडारीले प्रदेश प्रमुखलाई बुझाएका थिए ।