धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

उन्मुक्तिको नाममा सोडारीलाई गरिएको समर्थन  गैरकानी भन्दै हस्ताक्षेप गर्न उन्मुक्तिका पाँच सांसदद्धारा प्रदेश प्रमुखसँग माग

उन्मुक्तिको नाममा सोडारीलाई गरिएको समर्थन  गैरकानी भन्दै हस्ताक्षेप गर्न उन्मुक्तिका पाँच सांसदद्धारा प्रदेश प्रमुखसँग माग

धनगढी । सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दा नागरिक उन्मुक्तिको संसदिय दलको नेताको दुरुपयोग भएको भन्दै हस्तक्षेप गर्न उन्मुक्तिका पाँच प्रदेश सभा सदस्यहरुले  माग गरेका छन् ।

सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियालाई बुझाएको उक्त पत्रमा प्रदेश सभा सदस्यहरुले दिर्घ सोडारीको मुख्यमन्त्रीमा दावी पेश गर्दा उन्मुक्तिका दुई सदस्यहरुले गरेको  समर्थन गैर संवैधानिक, गैरकानुनी र संसदिय व्यवस्थाको मर्यादा बिपरित रहेको उल्लेख छ । पत्रमा सोडारीको पक्षमा गरिएको उन्मुक्तिका दुई जनाको हस्ताक्षर अमान्य हुने भन्दै पत्रमा उक्त कदमप्रति  प्रदेश प्रमुखबाट हस्तक्षेप गर्न माग गरिएको छ ।

सोडारीले मुख्यमन्त्रीके दावी पेश उन्मुक्तिका प्रदेश सभा सदस्यहरु कैलाश चौधरी र टीका थापाले समर्थनमा हस्थाक्षर गरेका थिए ।

 उन्मुक्तिको संसदिय दलको  नेता घनश्याम चौधरी रहेको, संसदिय दलको   नेताको हैसियतले बिभिन्न बैठकहरुमा भाग लिएको, संसदमा सम्वोधन पनि गरिसकेको उल्लेख गर्दै पत्रमा भनिएको छ  ‘उन्मुक्ति पार्टीको दलको नेता भन्दै  माननीय प्रदेश प्रमुख लगायत अन्य निकायमा कही कतैबाट पत्राचार गरिएमा  त्यो अमान्य मात्र हैन, किर्ते हो । तसर्थ समयमै  नागरिक उन्मुक्ति पार्टीको संसदिय दलको   सचेत  भएको छ ।’

प्रदेश प्रमुखलाई लेखिएको पत्रमा उन्मुक्तिका संसदिय दलका नेता घनश्याम चौधरी, प्रदेश सभा सदस्यहरु रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, खुशीराम चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन् ।