सोडारीको मन्त्रीपरिषदमा नजाने एमाले संसदिय दलको निर्णय

सोडारीको मन्त्रीपरिषदमा नजाने एमाले  संसदिय दलको  निर्णय

आफ्नै समर्थनले बनेको दिर्घ सोडारी नेतृत्वको सुदुरपश्चिम सरकारमा नेकपा एमाले सहभागी  नहुने भएको छ । एमाले सुदुरपश्चिम संसदिय दलको बैठकले सोडारी नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ’  एमाले संसदिय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अर्काे निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’

एमाले सहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको थिएन । सत्ता गठबन्धन नै टुट्ने खतरा बढेपछि एमालेले आज (बिहीवार ) मुख्यममन्त्रीमा दावी पेश गर्ने अन्तिम समयमा  समर्थन जनाएको थियो ।

प्रदेश प्रमुख नजिर मियाँलेसोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ ।