धनगढी पोष्ट बुधबार, ३२ असार २०८२   July 16, 2025

एशियन लाइफद्धारा क्रिटिकल केयर बापतको २० लाख बिमा लाभ भुक्तानी

एशियन लाइफद्धारा क्रिटिकल केयर बापतको २० लाख बिमा लाभ भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  क्रिटिकल केयर (प्राण घातक  रोग बिरुद्ध बिमा सुरक्षा ) बापत कैलालीको अत्तरियामा २० लाख रुपैया  बिमा लाभ प्रदान गरेको छ ।

गोदावरी १ अत्तरियाका नर बहादुर राईलाई बिमा गरिसकेपछि हर्ट अट्याक भएपछि उपचार पश्चात उक्त रकम प्रान गरिएको हो । राईले २०७७ सालमा एशियरन लाइवmमा बिमा गरेका थिए । उनले क्रिटिकल केयरको सुविधा पनि लिएका थिए ।

लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको छ ।

चेक बिमित राईलाई उनकै घर अगाडि सृजनशिल युवा क्लवको खेलमैदानमा आयोजित कार्यक्रममा एशियन लाइफका सुदुरपचिम प्रदेश प्रमुख गणेश साउद र अत्तरियाा उपशाखा प्रमुख डम्मरा कुमारी दियाकोटीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

क्रिटिकल केयरको सुविध पाए पनि राईको बिमा कार्यक्रमा नियमित जारी नै रहनेछ ।