धनगढी पोष्ट सोमबार, ३१ बैशाख २०८१   May 13, 2024

किसान सहकारीद्धारा काजक्रिया खर्च प्रदान

किसान सहकारीद्धारा काजक्रिया खर्च प्रदान

धनगढी । किसान बहुउदेश्यीय सहकारी संस्थाले केही दिन अघि मृत्यु भएका आफ्ना शेयर सदस्य डिल्ली राज डगौराको परिवारलाई काजक्रिया खर्च बापत २५ हजार रुपैया प्रदान गरेको छ । डगैराको घरमै पुगेर सहकारीले काजक्रिया रकम हस्तान्तरण गरेको हो ।

भजनी नगरपालिकाकी कार्यपालिका सदस्य शान्ति कुमारी चौधरीले काजक्रिया बापतको रकम  डगौराकी श्रीमती  रन्जु डगौरलाई हस्तान्तरण  गरेकी हुन् । महुन्याल मावि जोशीपुरका शिक्षक समेत रहेका डगौरा २०८० असोजमा किसान बहुृदेश्यीय सहकारीको शेयर सदस्य बनेका थिए ।

काजक्रिया खर्च हस्तान्तरण कार्यक्रममा सहकारीका शेयर सदस्य मीन कुमार के सी, ओजारी लाल डगौरा शाखा कार्यालय जोशीपुरका शाखा प्रमुख एकिन्द्र शाह कर्जा प्रमुख नवीन कुमार खनाल लेखापाल अर्जुन प्रसाद रिमाल सहभागीता रहेको थियो ।

समृद्धिका लागि समुदाय सङ सङै मुल नाराको साथ  किसान सहकारीले आफ्ना शेयर सदस्यको जन्म देखि मृत्युसम्म विभिन्न किसिमका सुबिधा  प्रदान गर्दै आईरहेको छ ।