धनगढी पोष्ट सोमबार, ३१ बैशाख २०८१   May 13, 2024

बझाङमा नेकपा एमालेका भण्डारीको अग्रता कायमै

बझाङमा नेकपा एमालेका भण्डारीको अग्रता कायमै

बझाङ । बझाङ  १ को प्रदेशसभा सदस्यका लागि भएको मतगणनामा आइतबार राति ९ बजेसम्म नेकपा एमालेका दमन बहादुर भण्डारीले अग्रता कायमै  राखेका छन् । भण्डारीले नेपाली कांग्रेसका अभिष्क बहादुर सिंहलाई ६७७ मतले पछि पार्दै शुरुदेखिको  अग्रता कायम राखेका हुन् ।

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२० मत पाएर भण्डारीलाई पछयाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।