धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले बैशाख २१ मा बिश्वासको मत लिने

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले बैशाख २१ मा बिश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बैशाख २१ गते विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने सहमति गरेको हो ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मान बहादुर धामीले मुख्यमन्त्रीले बैशाख  २१ मा  विश्वासको मत लिने सहमति सत्तारुढ दलहरुबीच  भएको बताए । 

बैठकमा माओवादी संसदिय दलका नेता मान बहादुर धामी, एमाले संसदिय दलका प्रमुख सचेतक सुरेन्द्र पाल, नागरिक  उन्मुक्ति पार्टीका नेता एवम भौतिक पुर्वाधार विकासमन्त्री समेत कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको सहभागिता रहेको थियो ।

नेकपा एमाल्, मओवादी र नागरिक उन्मुक्ति पार्टी (रन्जिथा पक्ष ) को समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता दिर्घ सोडारी मन्त्रीमा नियुक्त भएका थिए ।