धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बैतडीमा चट्याङ लागेर भैंसी मर्यो

बैतडीमा चट्याङ लागेर भैंसी मर्यो

बैतडी- बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ लदौलीका तेजराज भट्टराईको घरमा चट्याङ पर्दा गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

सोमवार राति भट्टराईको घरमा चट्याङ परेको कारण विद्युतको मिटर बक्समा क्षति पुगेको छ।

चट्याङले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। लामो समयदेखि पानी नपरेका कारण वर्षा र हावाहुरी आउँदा चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ।