धनगढी पोष्ट
शनिबार, ०३ साउन २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घन्टामा देशभरी थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने १९ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा देशभरी ५७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ८ जना संगै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ११ गरी जम्मा १९ जनामा संक्रमण देखिएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका ७, बझाङका २ र डडेल्धुराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।