धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

धनगढी उपमहानगर विरुद्ध उच्च अदालतमा परेको रिट खारेज

धनगढी उपमहानगर विरुद्ध उच्च अदालतमा परेको रिट खारेज

धनगढी  धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायला परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी-३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए।

उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक बिस्तार विरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका हुन् । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत डोटीले रिट खारेज गर्ने आदेश गरेको हो

उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीरबहादुर जेठाराले बहस गरेका थिए

रिट खारेज भएसँगै ६ लेन सडकस्थित रोड हाउस क्याफेदेखि चक्रपथ पक्की कुवासम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ।

प्रदेश सरकारले सडक निर्माण गर्न यसअघि नै टेण्डर गरिसकेको छ भने  उपमहानगरले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो