धनगढी पोष्ट
आइतबार, ३० बैशाख २०८१ मा प्रकाशित
धनगढी । विश्व नसै दिवसको अवसर पारेर धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले विरामीहरूलाई फलफुल वितरण गर्नुका साथै विविध कार्यक्रम गरी नर्स दिवस मनाइएको छ । दिवसको अवसरमा निसर्ग हस्पिटलको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नर्सिङ विभागकी प्रमुख मन्जु केसीको सभा अध्यक्षता तथा हस्पिटलका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी सँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।
अस्पताल परिसरमा सम्पन्न कार्यक्रमकमा अस्पतालका मेडिकल डाइर्
रेक्टर मेराज आलमअन्सारी, नर्सिङडाईरेक्टर मन्जु केसी, नर्सिङ सुपरभाईजर आशा प्रधान लगायत नर्सहरूको टोलीले अस्पताल भित्र रहेका विरामीहरूलाई फलफूल समेत वितरण गरेका थिएभने कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासकीय प्रमुख रामप्रसाद ओझाले गरेका थिए ।
विश्वम नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । निसर्ग हस्पिटलले
नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।