धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

निसर्ग हस्पिटलद्धारा जोगबुडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निसर्ग हस्पिटलद्धारा जोगबुडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी । डडेल्धुराको परशुराम नगरपालीकाको सहकार्यमाजोगबुडा अस्पताल, लालढुङगामा शनिवार आयोजना गरिएको स्वास्थ्य शिविरमा एक हजार दुई सय जनाले स्वास्थ्य सेवालिएका छन् ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, जोगबुडा अस्पताल,जोगबुडा तथालायन्स क्लबअफ धनगढी हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजनागरिएको हो ।

शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, जनरल सर्जरी तथा युरो सर्जरी सम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन(जनरल मेडिसिन) सम्बन्धी विशेषज्ञ सेवा, हाडजोर्नी, नशातथाबाथरोगसम्बन्धीविशेषज्ञ सेवा, मानसिक तथा नशारोग सम्बन्धी विशेषज्ञ सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे, ईसिजी लगाएतका जाँचहरु तथाऔषधि वितरण सेवा समेत निःशुल्कप्रदान गरिएको र थप चेक जाँच उपचार तथा अप्रेश नगर्नु परेमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था रहेको छ ।

ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवादिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताए।

शिविरमा उक्त क्षेत्रका १ हजार २ सय जना नागरिकले स्वास्थ्य सेवालिएको निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीले जानकारी दिए।

लायन्सको नियमितकार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रकानागरिकलाई घरदैलोमै स्वास्थ्य सेवादिने उद्देश्यले शिविर आयोजनागरिएको लायन्स क्लबअफ धनगढी हेल्थ एण्ड मेडिकोका अध्यक्षकुरेब बहादुर शाहीले बताए। 
 

हस्पिटलले नवजातशिशु तथाबालरोग, स्त्रीतथा प्रसुती रोग, न्युरो मस्तिस्क, नशातथा मेरुदण्ड रोग, छाला यौन कुष्ठरोग तथा सौन्दर्ग सेवा, हाडजोर्नी तथानसा रोग, जनरल सर्जरी, जनरल मेडिसिन, मानसिक रोग, बालरोग, मुखअनुहार तथाबंगारा रोग, दन्तरोग, आईसीयू, एनआईसीयू, रेडियोलोजी, एनेस्थेसियालगाएतका सेवाप्रदानगर्दै आएको छ ।