धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

मुख्यमन्त्री सोडारीले बिश्वासको मत पाउने निश्चित, सरकारको पुर्णता अनिश्चित

मुख्यमन्त्री सोडारीले बिश्वासको मत पाउने निश्चित,  सरकारको पुर्णता अनिश्चित

धनगढी । नेकपा  एमालेले मत दिने भएपछि सुदुरपश्चिमका मुख्यममन्त्री दिर्घ बहादुर सोडारी बिश्वासको मत पाउने निश्चित भएको छ । तर सोडारीको मन्त्री  परिषदले तत्काल पुर्णता पाउने वातावरण अझै निर्माण हुन सकेको छैन । 

मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएको एमालेले सोडारीलाई बिश्वासको मत दिने निर्णय जेठ २ गते मात्र गरेको छ । केन्द्रको निर्णय पर्खेको भन्दै आएको एमालेको संसदिय दलले बिश्वासको मत लिनु भन्दा  एक दिन अघि मात्र समर्थन  गर्ने निर्णय गरेको हो ।

बिश्वासको मत दिने निर्णय गरे पनि एमालेले  सरकारमा नजाने निर्णयले सरकारकोपुर्णतामा ढिलाई हुने भएको छ ।

सहभागी हुनु अघि साझा नीति तथा कार्यक्रम बन्नु पर्ने शर्त अघि सारेको छ । एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

यसले एमालेले समर्थन गरे पनि सरकारमा तत्काल सहभागी हुन नचाहेको देखिन्छ । सोडारीलाई बिश्वासको मत दिने  निर्णय भैसकेको बताउदै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललेन्यूनतम साझा कार्यक्रम तयारीको लागि सत्ता गठबन्धनका दलहरूसँग छलफल र परामर्श गर्न पनि मुख्यमन्त्री सोडारीलाई सुझाव दिइएको बताए । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।  बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले एक महिनाभित्र बिश्वासको मत लिइसक्नु पर्छ । 

मुख्यमन्त्री सोडारीले गरेको बैशाख २१ गते बिश्वासको मत लिने तयारी एमालेले वातावरण नबनेको भन्दै बिश्वासको मत दिन सहमत नभएपछि  उक्त दिनको बैठक स्थगित गरिएको थियो ।

नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले विश्वासको मत लिन ढिलाई गरेपनि आफुहरुले विश्वासको मत दिने बताए । ‘मुख्यमन्त्री ज्युले विश्वासको मत पाउनु हुन्छ ।

बाहिर भएका दलहरुले पनि विश्वासको मत दिन्छन्, ‘संसदीय दलका नेता धामीले भने ‘सरकार सम्भवत पर्सिसम्म विस्तार गर्नुपर्छ भने हाम्रो धारणा विश्वासको मत लगदै पनि हुन सक्छ, ।’

नेकपा एकिकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीमा समर्थन गरेका पार्टीहरुले विश्वासको मत दिने बताए । विश्वासको मत पछि सरकारमा सहभागि नभएका दलहरु सँग बसेर छलफल गर्न र उनीहरु लाई सरकारमा सहभागि गराउने उनले बताए । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने बताएका छन् । 
मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ ।

उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने देखिएको छ ।

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ । अहिलेसम्म सोडारीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। माओवादी र एमाले भने सरकार बाहिर छन् । सुदूरपश्चिममा ५३ सांसद छन् ।

सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ । एमालेका ११, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका सात र स्वतन्त्र एक सांसद छन् ।

नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षका सांसदहरू सरकारको विपक्षमा छन् भने रन्जिता पक्षका दुई सांसद सरकारमै सहभागी छन् ।