धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

धनगढीमा भन्सार छलीका सामानसहित एक पुरुष पक्राउ

धनगढीमा भन्सार छलीका सामानसहित एक पुरुष पक्राउ

धनगढी । धनगढीमा भन्सार छलीका सामानसहित एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी दुई लाख ३५ हजार ६५० मूल्य बराबरको गन्जी, अण्डर वेयर, कुर्ती, कुर्ती प्लाजा, सुट पिस लगायतका सामानसहित धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय बुद्वीराम चौधरी बिहीवार पक्राउ परेका हुन्।

चौधरीलाई सुदूरपश्चिम प्रदेश ०१०१० प  ८६७८ नम्बरको स्कुटिसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, धनगढी उपमहानगरपालिका–४ बोराडाँडी, टीकापुर नगरपालिका–८ बटनपुर, भजनी नगरपालिका–३ पकडीया र नगरपालिका–८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।

दुई लाख ८९ हजार ५९० मुल्य बराबरको प्याज, चिनी, बिडी, सरप, अचार, नरिवल, सुर्ती, आलु, प्लाष्टिक झिल्ली, टेबुल पंखा, साइकलको टायर, ट्याक्टरका पार्ट पुर्जा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।