धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर युवक बेपत्ता

रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर युवक बेपत्ता

धनगढी । कैलालीमा नहरमा डुबेर एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्की चुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार दिउँसो उनी नहरमा डुबेका हुन्। इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेको छ। उनको खोजी कार्य र आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाइएको छ ।