धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कैलालीको विभिन्न स्थानबाट सामान बरामद

कैलालीको विभिन्न स्थानबाट सामान बरामद

धनगढी । कैलालीको विभिन्न स्थानबाट सामान बरामद गरिएको छ।जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार ७७० मूल्य बराबरका सामान शुक्रवार बरामद गरिएको हो।

उक्त मुल्य बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।