धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाहीले लिए शपथ

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाहीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिबार शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहणपछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानूनमा टेकेर अगाडी बढ्ने बताए ।