धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भागवण्डाको टुंगो नलाग्दा सुदूरपश्चिम सरकार बिस्तारमा ढिलाई

भागवण्डाको टुंगो नलाग्दा सुदूरपश्चिम सरकार बिस्तारमा ढिलाई

धनगढी । सत्ता गठबन्धनका बीच  मन्त्रालय भागवण्डाको टुंगो नलाग्दा सुदुरपश्चिम सरकार बिस्तारमा अलमल भएको छ । सुुदुरपश्चिम सरकारमा आफ्नो पार्टीले पाउने सख्या र मन्त्रालयको बारेमा सत्तासिन दलहरु केन्द्रको निर्णय पर्खेर बसेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामी केन्द्रले मन्त्रालय टुंगाई दिए आफहरु सरकारमा जान तयार नै रहेको बताउँछन् । ‘केन्द्रमा छलफल चलिनै रहेको  छ । कसले कति मन्त्रालय पाउने भन्न्नएक÷दुई दिन भित्रै टुंगोलाग्छ होला ।’ धामीले भने केन्द्रको निर्णय आउने बित्तिकै सरकार बिस्तार हुन्छ माोवादी पनि सरकारमा जान्छ ।’

केनद्रको सध्ँ गठबन्धनका तर्फबाट नेकपा एसका दिर्घबहादुर सोडारी सुदुरपश्चिमको मुख्यमन्त्री बनेकाहुन् ।सोडारीलाई एमाले, माओवादी,  नागरि क  उन्मुक्ति पार्टी (रन्जिता पक्ष) ले विश्वासको मत दिएका हुन् । सत्ता गठबन्धनका दलहरु सरकारमा सहभागी हुन तयार भए भागबण्डा नमिल्दा सरकार बिस्तार हुन सकेको छैन ।  

नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पुर्वााधार बिकास मन्त्री र टीका थापा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन । बाकी सबै मन्धालय मुख्यमन्त्री सोडारीले आफैसँग राखेका छन् । 

माओवादी संसदिय दलका नेता धामीले आफुहरुको भागमा दुई वटा मन्त्रलायमा सहमति हुन सक्ने उनले दाबी गरे । ‘सरकार विस्तारमा ढिलो भइसक्यो,’ धामीले भने ‘हामी पनि मुख्यमन्त्रीलाई छिटो सरकार विस्तार गर्न भनेर दबाव दिइरहेका छौं ।’ 

मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई विश्वासको मत ंदिए पनि तत्काल सरकारमा सहभागि नहुने बताउदै आइरहेको एमाले अहिले केन्द्रको निर्णय कुरिहेको छ । सरकारमा जाने नजाने विषयमा केन्द्रमा सल्लाह परामर्श गरी रहेकाले अर्को निर्णय नभएसम्म तत्काल सरकारमा सहभागि नहुने एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए । 

केन्द्रको सत्ता गठबन्धनमा पनि सरकार विस्ताबारे छलफल भइरहेकाले केही समय पछि सरकारमा जाने उनले बताए । ‘बजेटको सन्र्दभमा मन्त्री नभएपनि सरकारलाई संचालन गर्नका लागि भएपनि हामीले न्युनतम साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुसँग छलफल गर्न भनेका छौँ,’पाठकले भने,‘एउटा संयन्त्र निर्माण हुन्छ र जसले बजेट निती कार्यक्रम र सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल गर्छ र त्यसमा हामी आफना कुराहरु राख्छौँ ।’ 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका उपनेता प्रकाश रावल सरकारमा सहभागी दलहरुले केन्द्रको निर्णय कुरेकाले सरकार विस्तारमा ढिलाई भएको बताउँछन् । छिटैसत्तँ गठबन्धनका दलहरुसँग छलफल गरेर सरकार विस्तारमा लाग्ने उनले बताए । ‘सरकार विस्तारमा ढिला त भइसक्यो। ’ उपनेता रावलले भने,‘मन्त्रलायमा नयाँ मन्त्री जानुहुन्छ उहाँलाई केही दिन बुभ्mनै लाग्छ, यसलाई जति छिटो छरितो दलले निर्णय ग¥यो, त्यती नै छिटो यसले काम गर्नमा सहजता होला जस्तो लाग्छ’ । 

जेठ ३ गते मुख्यमन्त्री सोडारीले एमालेको ११, माओवादीको १० (सभामुख बाहेक), नाउपा (रन्जिता पक्ष) को दुई, समाजवादीको चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत गरेर २८ मत पाएका थिए । कांग्रेस र नागरिक उन्मुक्ति (रेशम चौधरी पक्षधर) र राप्रपा सांसदहरू बहिष्कार गरेका थिए ।