धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

चार लाख बढीका सामान बरामद

चार लाख बढीका सामान बरामद

धनगढी ।  कैलाली र कञ्चनपुरबाट ४ लाख बढीका अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, धनगढी–३ मिलनचोक र बिशालनगर, धनगढी–९ त्रिबेणीघाट, टीकापुर नगरपालिका–८ बटनपुर, जोशीपुर गाउँपालिका–१ जोशीपुर बजार, जोशीपुर–४ बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ४७० बराबरको सामान बरामद गरिएको छ।  

उक्त मुल्य बराबरको प्याज, चिनी, खानेतेल, चामल, खुर्सानी, सरप, सुर्ती, बिडी, सकेट, छाता, प्लाष्टिक झिल्ली, साबुन, कुर्ता सुरवाल, कुर्ती सेट, पानीपुरी, चक्लेट, सिद्रा माछा, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

उता कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका–६ नकैया, भुराकोट र पुनर्वास नगरपालिका–११ टिम्बर टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ।

अन्दाजी २ लाख १९ हजार ८३० मूल्य बराबरको चिनी, चक्लेट, पेय पदार्थ, खानेतेल, सुटपिस, कुर्ता सुरवाल, धोती, कुर्ती, बिडी, सुर्ती, सुपारी, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएका हो।