धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

करेन्ट लागेर कैलालीमा भारतीय नागरिकको मृत्यु

करेन्ट लागेर कैलालीमा भारतीय नागरिकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।