धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ वनसमिती स्थित होटलमा खान तलासी गर्दा शुक्लाफाँटा नगरपालिका–९ सिसैया बस्ने २७ वर्षीय शैलेन्द्रबहादुर सिह र भीमदत्त नगरपालिका–१ घर भएका होटल संचालक राजेन्द्र पाण्डे पक्राउ परेका हुन्।

यी दुबै जनालाई ४.५५ ग्राम लागूऔषध ९खैरो हेरोईन०सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–९ मटेनाबाट बेदकोट नगरपालिका–८ गैलनदी बस्ने २१ वर्षीय प्रकाश टेर लागूऔषधसहित पक्राउ परेका छन्।

टेरलाई ४.०७ ग्राम खैरो हेरोईन, प्रिगाबालिन १० ट्याबलेट र लिकुफ १० ट्याबलेटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

तिनै जनालाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ।