धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

कैलालीबाट लागूऔषधसहित अछामका युवक पक्राउ

कैलालीबाट लागूऔषधसहित अछामका युवक पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको साँफेबगर नगरपालिका–६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन्।

कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।