धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गेटामा एमडीको पढाई शुरु गछौं : अध्यक्ष पन्त

गेटामा एमडीको पढाई शुरु गछौं : अध्यक्ष पन्त

धनगढी  । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीको २६ औं जिल्ला  सभा शनिबार धनगढीमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष डा.चेतराज पन्तले अन्धोपनाको  निवारणका लागिनेत्रज्योति संघले आखाको उपचारको सेवा अझै बिस्तार गरिरहेको बताए ।

अध्यक्ष पन्तले  गेटा मेडिकलमा एमडीको अध्यापनका लागि अनुमति प्राप्त गर्ने  प्रकृया शुरु भएको बताए । ‘एउटा टोलीले गेटा आँखा अस्पतालको अध्ययन गरेर गएको छ ।’अध्यक्ष पन्तले भने  ‘चाडै अनुमति पाइन्छ, अनि एमडीको अध्यापन शु गर्छाैं ।’

देशभरिमा रहेको नेत्र ज्योति संघका चार आँखा अस्पतालमा पढाई भैरहेको  बताउँदै पन्तले आखा सम्वन्धी अध्याापन हुने गेटा  पाचौ  अस्पताल हुने बताए ।

अध्यक्ष पन्तले नेत्रज्योति संघले बिद्यालय स्तरमा बालबालिकाहरुको आँखा परिक्षणालाई अभियानकै रुवमा सँचालन गर्ने निर्णय गरेको बताए ।
नेपाल नेत्रज्योति संघ सुदुरपश्चि प्रदेश समितिका उपाध्यक्ष भुपेन्द्र थापाले गेटा आखा अस्पतालमा नेपालीका साथै भारतीयहरु पनि उपचारका लागि आइरहेको बताउँदै सेवालाई अझै बढाउन  आवश्यक रहेको बताए ।
 उपाध्यक्ष थापाले अझै पनि धेरै व्यक्ति आँखाको उपचारबाट टाढा रहेकोले शिविर संचालनमा जोड दिनु पर्ने बताए ।

नेपाल नेत्रज्योति संघ कैलालीका अध्यक्ष  लोकराज जोशीले नेत्रज्योति संघले गेटा आँखा अस्पातल र से अन्तर्गतका इकाइहरुबाट प्रदेशभरि आँखाको सहज सेवा प्रदान गरिरहेको बताए ।

सचिव नरेन्द्रराज शर्माले संचालन गरेको उक्त कार्यक्रममा लायन्स क्लबका कैलाश दाहाल, नेत्रज्योति संघ कन्चनपुरका अध्यक्ष डा. भोजराज पन्त, नेत्रज्योति संघ डोटीका अध्यक्ष रबिन्द्र नारायण श्रेष्ठ, गेटा आखा अस्पतालकी निमित्त निर्देशक डा. सुजाता भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत मन्तव्य नेत्रजायोति संघ कैलालीका उपाध्यक्ष यज्ञराज चौधरीले व्यक्त गरेका थिए । सो अवसरमा गेटा आँखा अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।