धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा क्षेत्रफल घटेर पनि गहुँ उत्पादनमा वृद्धि

कैलालीमा क्षेत्रफल घटेर पनि गहुँ उत्पादनमा वृद्धि

धनगढी । कैलालीमा यस वर्ष एक लाख १२ हजार तीन सय १२ मेटिक टन गहुँ उत्पादन भएको छ । यो गत बर्ष उत्पादन भएको गहुँ भन्दा आठ प्रतिशतले बढी हो ।

दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । सूचना अधिकारी जोशीका अनुसार गत वर्ष एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । 

कैलाली जिल्लाभर गत बर्ष ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । 

जोशीका अनुसार गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले क्षेत्रफल कम भएको उनले बताए । 

‘कैलालीमा अझै कुल जनसङख्याको ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन्,’ सूचना अधिकृत जोशीले भने,‘ ‘अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन ।’ हालसम्म ८० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको उनको भनाइ छ ।

‘कतिपय ठाँउमा सिचाँईको मुहान नै छैन । केही ठाउहरुमा पानी नभएका खेतहरु पनि छन् । त्यसैले गर्दा सबै ठाउँमा सिचाई पुग्न सकेको छैन् ।’ 

गत वर्षको तुलनामा पाँच प्रतिशत क्षेत्रफल  घटेको उनले बताए । क्षेत्रफल घट्नुको कारण भनेको अन्य बालीहरु तरकारी र आलुको क्षेत्रफल बढेकाले गँहु लगाउने क्षेत्रफल कम भएको उनले बताए । 
‘जमिन खण्डिकरण हँुदै ग¥यो त्यस कारणले क्षेत्रफल घटेको हो,’सूचना अधिकारी जोशी ।

सहरीकरण बढेकाले पनि खेतीयोग्य जमिन मासिदै गईरहेको उनले बताए । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन् ।