धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

युवा नेता चन्दद्वारा एमाले धनगढी नगर कमिटि सचिवमा दाबी

युवा नेता चन्दद्वारा एमाले धनगढी नगर कमिटि सचिवमा दाबी

धनगढी । नेकपा एमालेका युवा नेता गणेश चन्दले एमाले धनगढी  नगर कमिटिको  सचिव पदमा दाबी गरेका छन् ।

यही जेठ १८ र १९ गते नेकपा एमालेको धनगढी नगर अधिवेसन हुदैछ । लामो समय सम्म एमालेबाट राजनीति गरेका चन्द धनगढी वडा नम्बर ३ का ईन्चार्ज तथा सचिवालय सदस्यको जिम्मेवारीमा समेत रहेका थिए ।

वडामा संगठन सुधार गर्न काम गरेका चन्दले अब नगरमा एमालेलाई बलियो बनाउने गरि काम गर्न सचिव पदमा उम्मेदवारी दिने बताए ।

चन्दले राष्ट्रय युवासंघको प्रदेश कमिट सदस्य भयर पनि काम गरेका थिए । सामाजिक सेवामा पनि सक्रिय रहने चन्द स्काउट सदस्य पनि हुन् ।