धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगिता शुरु

अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगिता शुरु

धनगढी । धनगढीको ऐश्वर्य विद्या निकेतनमा अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगिता सुरु भएको छ । ऐश्वर्य विद्या निकेतन तथा नेपाल गणित समाज सुदूरपश्चिमको आयोजनामा अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगिता २०८१ सुरु भएको हो ।

मंगलबार एक कार्यक्रमका बिच प्रतियोगिताको पहिलो चरण सुरु भएको छ । दोस्रो र तेस्रो चरण यही जेठ २० गते हुने आयोजकले जनाइएको छ । 

विद्यार्थीहरुलाई गणित प्रतिको रूचि बढाउन क्षमता अभिवृद्धि गर्न र गणितलाई जिवन र जगतसँग जोड्नका लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष रघुबिर भट्टले बताए ।

प्रतियोगितालाई तीन चरणमा विभाजन गरिएको उनले बताए । अध्यक्ष भट्टका अनुसार पहिलो चरणमा ५० वटा प्रश्न सहितको परिक्षा भएको छ भने दोस्रो चरणमा बिद्यार्थीको गणित क्षमता मुल्यांकन सम्वन्धी परिक्षा (परियोजना कार्य) हुने र तेस्रो चरणमा गणितीय हाजिरीजवाफ हुनेछ । 

 प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई प्रमाण पत्रसहित १५ हजार रुपैया, दिृतीयलाई प्रमाण पत्रसहित १२ हजार रुपैया, तृतीयलाई प्रमाण पत्रसहित १० हजार रुपैया र सान्त्वनालाई प्रमाण पत्रसहित दुई हजार रुपैया  पुरस्कार रहेको आयोजकले जनाइएको छ । 

प्रदेशका पाँच ठाउँमा यस कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाइएको हो । ऐश्वर्य विद्या निकेतनमा २८ वटा विद्यालयको सहभागिता रहेको छ । पाँच वटै ठाउमा गरेर एक सय बिद्यार्थीको सहभागिता रहेको अध्यक्ष भट्टले बताए ।