धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

भीरबाट लडेर युवकको मृत्यु

भीरबाट लडेर युवकको मृत्यु

दार्चुला । दार्चुलामा यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

अपिहिमाल गाउँपालिका-३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार कार्कीको मृत्यु भएको हो।

यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सबैलाई सदरमुकाम ल्याउन समस्या भएको बताइएको छ।