धनगढी पोष्ट
शनिबार, १९ जेठ २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित गोदावरी नगरपालिका वडा नम्बर १ अनामनगरका पारस रोकायालाई अत्तरियाबाट पक्राउ गरेको हो ।
उनको साथबाट एक ग्राम पाँच सय नब्बे मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरियाबाट आठ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।