धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

दार्चुला । अपिहिमाल गाउँपालिका(३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय शोवनसिंह लोथ्यालका अनुसार अपिहिमाल गाउँपालिका(३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो । उनले काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृत्तकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको स्थानीय लोथ्यालले बताए ।