धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बैतडीमा एकजना मृत फेला

बैतडीमा एकजना मृत फेला

 बैतडी । दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री बैतडीमा मृत फेला परेका छन्।

डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार बेलुकी फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले उनको मृत्युको कारण खुलेको छैन।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा लगिएको उनले जानकारी दिए।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।