धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

करेन्ट लागेर पुरुषको मृत्यु

करेन्ट लागेर पुरुषको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको आइतवार करेन्ट लागेर मृत्यु भएको हो।

बिद्युतको कर्मचारी नभएको बेला सोही ठाउँको सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा घाईते भएका थिए।

उनलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।