धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छनोट

अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छनोट

मंगलसेन । नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ ।

जसमध्येमा सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ बाट ११ जना र दुईबाट नौ जना चयन गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले जानकारी दिए । 

महाधिवेशन प्रतिनिधिमा क्षेत्र नंं। १ बाट जित निशानी, हिक्मत कुँवर, विर्मला बुडथापा, निर्प साउँद, टेकबहादुर रावल, ताराप्रसाद खनाल, जयन्ती बोगटी, कृष्णा कुँवर खडका, नृर्प कुँवर, बम  धामी र एकेन्द्र कुँवर चयन भएका छन् । 

यस्तै, क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष योगेन्द्र विष्ट, सचिव, नवराज साउँद, अनेरास्वविय केन्द्रीय सचिव केशरी रेग्मीसहित नयन सोडारी, देउकला चलाउने, प्रेम विष्ट, शेरबहादुर बुढा, कुल बहादुर शाही, र इन्द्रा विक रहेका छन् । नेकपा एसको राष्ट्रिय महाधिवेशन यही असार १६ गते काठमाडौँमा हुने तय गरिएको छ ।