धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रेडबुक बिचौलियालाई बितरण भयो : शाह

रेडबुक बिचौलियालाई बितरण भयो :  शाह

धनगढी । सुदुरपश्चिम सरकारले आर्थिक बर्ष २०८१/०८२ को   बजेटको कार्यक्रम पुस्तिका आधिकारिक रुपमा सार्वजनिक नगर्दै बिचौलियाहरुलाई बितरण गरेको आरोप लगाएको छ ।

‘आजसम्म पनि सरकारले कुनै पनि किसिमको बजेट पुस्तिका सार्वजनिक गरेका छैनौं, पीडीएफ फाइल सार्वजनिक गरेका छैनौं  भन्ने  भनाई छ ।’

मंगलबार धनगढीमा आयोजित्र पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदिय दलका नेता एवम पुर्व मुख्यमन्त्री कमल बहादुर शाहले भने  ‘तर कार्यक्रम पुस्तिकाको पीडीएफ फाइल छ्यापछ्याप्ती  भएको छ ।  हाम्रो हातमा पनि आइपुगेको छ ।’

‘सरकारले आधिकारिक रुपमा जनताका माझमा बजेट पुस्तिका सार्वजनिक नगरेर बचिौलियाका हातमा  बजेट पुस्तिाका पुरयाएको छ ।’ पुर्व मुख्यमन्त्री शाहले भने ‘बिचौलियाहरुबाट रकम उठाउनको लागि सहज होस भनेर सरकारले यसलाई बिचौलियाको हातमा पुरयाएको हो भन्ने हामीलाई लागेको छ ।’

सुदुरपश्चिम सरकारले असर १ गते आर्थिक बर्ष २०८१/०८२  को ३१ अर्ब ६२ करोडको बजेट ल्याएको थियो ।  अहिलेसम्म सरकारले बजेटबारे प्रदेश सभामा छलफल शुरु गरेको छैन, बजेटको कार्यक्रम पुस्तिका  आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।सुदुरपश्चिम प्रदेश सभामा बजेट माथि छलफल पनि शुरु भएको छैन । 

सरकारले तत्काल नैनिक रुपमा यसको जिम्मेवारी लिनु पर्ने  पुर्व मुख्यमन्त्री शाहले बताए ।बजेट कार्यक्रम बाहिरिने घटनाको बारेमा छानबीन समिति गठन गर्नु पर्ने माग कांग्रेसको छ ।

बिगतमा  पनि यस्ता घटना भएर मन्त्रीले राजीनामा दिएका उदाहरण रहेको भन्दै  पुर्व मुख्यमन्त्री शाहले  यसबारेमा उच्चस्तरिय छानवीन हुनु पर्ने  बताए उनले भने ‘यसमा जो जो दोषी छन्, ती सबैलाई कानुनको दायरामा राखेर कारवाही अघि बढाउनु पर्छ ।’

पीडीएफ पाइलमा सबै मन्त्रालयको शीर्षक अतर्गतको बजेट बिनियोजन भएको उल्लेख गर्दै शाहले भने ‘यो नैलवास्तबिक हो भने बिचौलियाले बजेट बना भनेको कुरा सत्य सावित चएको प्रतिििम्बत हुन्छ ।’

शाहले  भने ‘यदि पीडीफ बनाएको  हो भने किन सार्वजनिक गरेन ? यदि बनाएको हो भने किन अहिलेसम्म सार्वजनिक गर्न सकेन ? सरकार  किन  लुकेर बसेको छ ?’

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सरकारले बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि बजेट किताब नआउनु विडम्बनापूर्ण विषय रहेको बताए ।

‘यो भन्दा पहिलो को सरकारहरूले पहिले पहिलो सातामै बजेट पुस्तिका सार्वजनिक गर्ने गरेको थियो । तर, यो सरकारले दुई साता सम्म पनि यो सरकारले बजेट पुस्तक ल्याएको छैन । यो दुर्भाग्य हो’ उनले भने, ‘सरकारले सार्वजनिक नगर्ने तर, विभिन्न व्यक्तिका मोबाइलहरूमा योजनाका कुराहरू आउने कुरा ठिक भएन ।’

उनले रातो किताब सार्वजनिक भएको विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । उनले सरकारले चित्त बुझ्दो जवाफ दिन नकसे सदन भित्र पनि बाहिर पनि सरकारविरुद्ध आन्दोलन गर्ने जनाए । उनले सरकारको राजीनामा माग्ने बताए ।

‘निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्छ । नैतिक जिम्मेवारी लिएर सरकार छोड्नु पर्छ । भोली आउन सक्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्छ’ उनले भने ।