धनगढी पोष्ट
सोमबार, ०५ साउन २०७७ मा प्रकाशित
धनगढी
बझाङको तलकोट गाउँपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पौडीखेलिरहेका उनीहरु पौडी खेल्न नसकेर पोखरीमा डुवेका थिए ।
धेरै जना वालवालिका पौडिखेलिरहेको अबस्थामा तल्कोट गाउँपालिका वडा नम्बर ३ का ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकायाको पोखरीमा डुवेर मृत्यु भएको हो स्थानीयले बताएका छन् ।
पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकालेका थिए । पोखरीबमट निकाले लगत्तै उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।