धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जितालाई बहुमतले हटायो संसदिय दलको नेताबाट, गंगा चौधरी बने संसदिय दलका नेता

नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जितालाई बहुमतले हटायो संसदिय दलको नेताबाट, गंगा चौधरी बने संसदिय दलका नेता
रन्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलाई सो पार्टीको संसदिय दलको नेताबाट हटाइएको छ । आइतबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बहुमत सदस्यहरुको बैठकले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

बैठकले सघीय सांसद गंगा चौधरीलाई संसदीय दलको नेता चयन गरेको छ । सांसद चौधरी  नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी निकट हुन् ।

संसदिय दलका नेता चयन भएका चौधरी यसअघि प्रमुख सचेतक थिए । गंगाराम संसदिय दलको नेता चयन भएपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय बैठकले गरेको छ ।  लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।

नाउपा केन्द्रमा चार सांसद छन् । ती मध्ये अरुण चौधरी। लालबीर चौधरी र गंगा चौधरीको बैठकमा सहभागिता रहेको छ ।  बैठकमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको सहभागिता थिएन ।