धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

प्रतिपक्षको बेन्चमा बस्यो एमाले

प्रतिपक्षको बेन्चमा बस्यो एमाले

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बसेको हो।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। त्योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको थियो। 

एमालेले असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको थियो।