धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कांग्रेस–एमालेद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

कांग्रेस–एमालेद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन कांग्रेस र एमालेले माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।  

केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार काम चलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइएको छ ।

‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,’ बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।

एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।