धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

आलिताल गाउँपालिका खरिदार जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

आलिताल गाउँपालिका खरिदार जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । डडेलधुराको आलिताल गाउँपालिकाका प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।

सोही प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म कार्यरत रहेको आयोगले जनाएको छ ।