धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो

बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो

कञ्चनपुर । अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ।  कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ। 

खोलामा आएको बाढीले आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो।

कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ। 

यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन्। अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।