धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ ।

मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो । बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ ।

पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो ।

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।