धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलालीमा लागूऔषधसहित युवक पक्राउ

कैलालीमा लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ राजिपुरबाट सोही ठाउँ बस्ने ३६ वर्षीय टेकबहादुर कडारा लागूऔषधसहित पक्राउ परेका हुन्।

कडारालाई १८० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो।

लागूऔषधसहित पक्राउ परेका कडारालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको लम्की प्रहरीले जनाएको छ।