धनगढी पोष्ट
शनिबार, २९ असार २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम सरकारले ल्याएको आर्थिक बर्ष २०८१।२०८२ को बजेट पारित नगर्ने नेपाली कांग्रेसका सुदुरपश्चिम संसदिय दलका नेता कमलबहादुर शाहले बताएका छन् ।
‘अहिलेको बजेट हुबहु पारित हुदैन ।’ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिको गठबन्धनले शनिबार गरेको पत्रकार सम्मेलनमा पुर्व मुख्यमन्त्री शाहले भने ‘बजेटका केही सकारात्मक कुरा समेटिएला, तर सबै केलाएर नया बजेट आउछ ।’
सुदुरपश्चिम सरकारले असार १ गते आर्थिक बर्ष २०८१।२०८२ को ३२ अर्ब ६७ करोडको बजेट ल्याएको थियो । तर उक्त बजेट कार्यक्रमबारे अहिलेसम्म पनि सुदुरपश्चिम प्रदेश सभामा छलफल हुन सकेको छैन । सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएर कांग्रेससँग नया गठबन्धन बनाएपछि सरकारले बजेट पारित गर्न सकेको छैन ।
पुर्व मुख्यमन्त्री शाहले बर्तमान सरकार अल्पमतमा परिसकेकोले मुख्यमन्त्रीले राजीनाा दिएर निकास दिनु पर्ने बताए ।
बर्तमान सरकारले ल्याएको बजेटमा कमिशनमा योजना राखिएको आरोप लगाउँदै शाहले भने ‘कुना काप्चामा रहेको साथीहरु मेरा योजना बजेटमा परेर भनेर अब खुशी नहुनुस पुरै करेक्सन गर्छौ ।’
नागरिक उनमुक्ति पार्टीका संसदिय दलका नेता घनश्याम चौधरीले बर्तमान सरकारले बजेट ल्याएर पनि एक महिनासम्म छलफल नै नगराएर गैर जिम्मेवारीपन देखाएको बताए ।
नेकपा एमाले संसदिय दलकी उपनेता सन्तोष शर्मा थापाले बर्तमान सरकारले बजेट ल्याउँदा एमालेकै आर्थिक मामिला मन्त्री रहे पनि मुखयमन्त्रीकै जोडबलका योजना समावेश भएको बताइन् । ‘अब यो बजेट पारित हुदैन । उपनेता थापा शर्माले भनिन् यो बजेटको बिकल्पका बारेमा कानुनी सहायता लिन्छौं ।’