धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

गृहमन्त्रीबाट बाहिरिएपछि मात्रै सिमलताल पुगे रास्वपा सभापति लामिछाने

गृहमन्त्रीबाट बाहिरिएपछि मात्रै सिमलताल पुगे रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं  निवर्तमान गृहमन्त्री रवि लामिछाने पहिरोले दुईवटा बस बगाएको स्थान सिमलतालमा पुगेका छन्।

आफू गृहमन्त्री हुँदै गत शुक्रबार पहिरोले दुई बस बगाउँदा त्यहाँ नगएका लामिछाने गृहमन्त्री खुस्किएको भोलिपल्टै त्यहाँ पुगेका हुन्।  

उनी त्यहाँ नगएको भन्दै आलोचना हुन थालेपछि  लामिछाने आज बिहान त्यहाँ पुगेका हुने।  

उनी त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ। उनले घटनास्थलको अवलोकन पनि गरेका थिए।

काठमाडौँबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए ।

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए।

गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए। बेपत्ता बसमा सवार १५ जनाको शव भेटिएको छ।